गढीमाई । सुरेन्द्र ढकाल प्रतिष्ठानले जाडोको समयमा विपन्न परिवारका लागी तीन सय कम्बल वितरण गरेका छन् । पतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले एक कार्यक्रमका बिच उक्त कम्बल वितरण गरेका हुन । राष्ट्रिय मातृभूमि पाट्रि नेपालको अनुरोधमा गढीमाई नगरपालिकाको समनपुरमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै आफूले कुनै राजनीतिक पद पाए निःशुल्क सेवा गर्ने छु भन्दै उनले सेवा बापत कुनै सुविधा नलिने घोषणा समेत गरेका थिए ।
सो अवसरमा महासचिव गोविन्द गिरि, कोषाध्यक्ष केशव भट्टराई, केन्द्रीय सदस्य सविता झा ,जिल्ला अध्यक्ष रञ्जित पटेल, नग, अध्यक्ष शम्भु साह,दायाँ देवी सहितले वोलेका थिए । सो प्रतिष्ठानले गढीमाई नपा १,८ र ९ नम्बर वडाको विभिन्न स्थानमा कार्यक्रम गरी ३ सय जना भन्दा बढी विपन्न परिवारका व्यक्तिलाई कम्बल बाडेका छन् ।