तिलागुफा–४ राँचुलीमा नेमकिपाका खड्ग बहादुर शाही विजयी भएका छन् ।
कुल ६ सय ९ मतदाता रहेको तिलागुफा–४ मा ४ सय ११ मत खसेकोमा नेमकिपाका खडक बहादुर शाहीले १४३ मत प्राप्त गरेका थिए । नेमकिपाको वर्चस्व रहेको मानिने राँचुलीमा ०७९ को स्थानीय तह चुनावमा एमाले, कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी नेमकिपाका उम्मेदवारलाई पराजित गरेका थिए ।
आइतवारकाे उपनिर्वाचनमा भने माओवादी केन्द्रले सहानुभूतिका भोट तान्न तत्कालीन वडाध्यक्ष परवहादुरकी पत्नीलाई उम्मेदवार बनाएकाेमा ११५ मतमात्र आएकाे थियाे ।
एमालेका ऐनबहादुर शाहीलाइ 78 मत मिलेकाे थियाे ।
कांग्रेसबाट पैलबहादुर शाही 49 मत लिन सफल भए ।
नेमकिपाबाट विद्रोह गरेर पहिलो पटक राप्रपाबाट उम्मेदवार बनेका गोगनबहादुर शाही १५ मतमा सीमित भए ।
कालीकोटको तिलागुफा नगरपालिकामा ०७४ मा ४ वटा वडामा वडाध्यक्ष जितेको नेपाल मजदुर किसान पार्टीले ०७९ मा दुई मात्रै वडामा पुरानै उम्मेदवार उठाएर चुनाव जित्न सफल भएको थियो ।