प्रेमचन्द्र झा
रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमुना माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत बालबालिकाहरूलाई मानव बेचबिखन विरुद्धको सचेतना गराइएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन विद्यार्थी बिच सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव बेचबिखन भनेको के हो र मानव बेचबिखन तथा ओसार प्रसारका प्रमुख कारणहरू आपराधिक प्रवृत्ति रु मानव बेचबिखन तथा ओसार पसारमा संलग्न हुन सक्ने व्यक्तिहरू रु मानव बेचबिखन गर्ने तरिका,सीमावर्ती नाकामा अपराधीहरूबाट गरिने बाहानाहरु , दलालले प्रयोग गर्ने तरिका र दण्ड सजायको बारेमा जानकारी गराइएको थियो । त्यस्तै लैङ्गिक हिंसा, घरेलु हिंसा, महिलाहरूलाई श्रोत साधनहरू माथि पहुँच र नियन्त्रण, महिला सशक्तीकरणका कुराहरू उदाहरण सहितका कुराको जानकारी गराइएको थियो । सो कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजन कुमार शर्मा र संरक्षण नेपाल शाखाका लैङ्गिक समानता र समावेशी (जिसी) अधिकृत भाग्यनारायण महतोले सहजीकरण गरेका थिए । कार्यक्रममा महिला सुरक्षा दबाब समूहका अध्यक्ष तथा महिला हिंसा नियन्त्रण जिल्ला सञ्जालका सदस्य देवकी नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको इतिहास र वर्तमान रौतहट जिल्लाको अवस्थाको बारेमा आफ्ना विचारहरू राखेका थिए । सय जना बालबालिकाको उपस्थितिमा प्रधानाध्यापक देवनारायण हुमागाँइको अध्यक्षतामा भएको कार्यक्रम संरक्षण नेपालको सहयोग,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजना तथा चन्द्रपुर नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो ।