कोन्ज्योसोम गाउँपालिकाद्धारा विपत पोर्टल निर्माण

18

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण आएको विपत्तिको एकीकृत विवरण समावेश गरी विपद पोर्टल तयार गरी अध्यावधिक गरेको छ ।
वर्षाका कारणले आएको बाढी र पहिरोबाट प्रभावितहरुको नामावली, राहत दाताको विवरण, राहत प्राप्त गर्नेको विवरण, आर्थिक कारोबारको बिवरण, विभिन्न बैठकका निर्णय लगायतलाई समावेश गरी गाउँपालिकाले विपद पोर्टल तयार गरेको हो ।
गाउँपालिकाले उक्त विपत पोर्टल तयारी गरी अध्यावधिक गरिएकोले सोसँग सम्बन्धित जानकारी विपद पोर्टल तथा गाउँपालिकाको वेवसाईटमा समेत लिन सकिने गाउँपालिकाले जनाएको छ ।
बाढी पहिरोबाट पीडित र सम्बन्धित सरोकारवालाले उक्त पोर्टलबाट आवश्यक सूचना तथा जानकारी प्राप्त गरी लाभान्वित हुन गाउँपालिकाले सूचना मार्फत सबैमा आग्रह गरेको छ ।