कर्णाली नदीमा बालिकाको शव फेला

6

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ गोरङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा आज बालिकाको शव फेला परेको छ।

अन्दाजी ११/१२ वर्षको नाम, थर, वतन नखुलेको बालिकाको नग्न अवस्थामा शव फेला परेको हो।

कर्णाली नदीमा मानिसको शव रहेको भनेर स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले र्‍याफ्टिङको सहायताले शवलाई नदी किनारमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो।