खरिपाटीमा नगरपालिकाले किन तान्यो औषधी पसलको सटर

732

नयाँ नेपाल न्यूज
कार्तिक १२, भक्तपुर । बजार अनुगमन टोलीले भक्तपुरको खरिपाटी क्षेत्रमा रहेका औषधी पसलको सटर आफैले तानेर बन्द गरिदिएको छ । औषधी पसलहरुमा फार्मेसीको प्रमाण पत्र पाएको एक व्यक्ति हुने बिक्रि गर्न अरुनै बस्ने गरेको पाइएको नगरपालिकाकी अधिकृत निला घिमिरेले जानकारी दिएकी छिन् ।
उनको अनुसार चाँगुनारायण ७ मा रहको सार्थक फार्मेसी र वडा नम्बर ५ मा रहेको खरिपाटी फार्मेसीमा सम्बन्धीत व्यक्ति मात्रै बसेर औषधी बिक्रि गर्न अनुगमन टोली निर्देशन दिएको छ ।
साथै प्रमाणपत्र लिएको व्यक्ति उपस्थित हुन नसक्ने भए फार्मेसी बन्द गर्नु पर्ने भन्दै सटरनै तानेको उनले बताइन् । त्यसै गरि खाद्य सामाग्री विक्रि गर्ने किराना पसलले म्याद गुजे्रको खाद्य सामाग्री बिक्रि गर्ने गरेको फेला परेको छ ।
चाँगुनारायण नगरपालिकाले केही दिन आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ ।

शुक्रबार नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वको टोलीले नगरपालिकाको वडा नम्बर ५,६ र ७ बजार अनुगमन गरको हो । अनुगमनमा क्रममा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको र म्याद गुजे्रका सामाग्री जफत समेत गरेको छ ।
जुगल एग्रि कल्चर एण्ड मिट सप, दी फेमली बेकरी, हिरालाल किराना स्टोर, व्यक्त खाद्य तथा किराना स्टोर, जोसपारी खाजाघर, अप्सरा फेन्सीलगायत ४० वटा व्यवसायको अनुगमन र निरिक्षण गरेको नगरपालिकाले जानकारी दिएको छ ।

सो क्रममा केहि दर्ता नभएका, केहिमा मुल्य सुचि नभएको, केहीमा उपभोग्य मिति सकिएका सामाग्रीहरु बेच्न राखेको, खाजा घरमा फोहोर भेटिएको घिमिरेले बताइन् ।
राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय भक्तपुरकी अधिकृति लुमा श्रेष्ठ, सुरक्षाकर्मी, संचारकर्मीसहित चाँगुनारायण नगरपालिकाको टोलीले बजार अनुगमन गरेको हो ।