काठमाण्डौ । होल्डिङ्ग सेन्टरबाट संचालित सिमित सवारी सधानले मानिसहरूलाई ओसारपसार गर्न महंगो शुल्क लिएको भन्दै यातायात व्यवसायीहरू नै आन्दोलित बनेका छन् । विभागका पदाधिकारी र केही सिमित व्यवसायीको मिलेमतोमा यात्रुहरूलाई सरकारले तोकेको भन्दा महंगो शुल्क लिएको भन्दै मंगलबार बिहान विभागमा व्यवसायीहरू आन्दोलित बनेका हुन् । नारायण भट्टराई लगायतको मिलेमतोमा महंगो शुल्क लिएको भन्दै व्यवसायीहरूले नै आरोप लगाएका छन् । कोरोना कहरका बिच विदेशबाट नेपाल फर्किएका नेपालीहरूलाई महंगो भाडा लिनेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । यसबारे नेपाल यातायात व्यसायी राष्ट्रिय महासंघका महासचिव समेत रहेका सरोज सिटौलासंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन। विदेशबाट नेपाल फर्किएका नेपालीहरूलाई एयरपोर्टमा अवतरण पश्चात् होल्डिङ्ग सेन्टरमा राखिन्छ । होल्डिङ्ग सेन्टरबाट क्वारिन्टिन हुँदै यात्रुको घरसम्म लानका लागि प्रयोग गरिने गाडीहरूले महंगो भाडा लिएको भन्दै यात्रुवाहक व्यवसायीहरू नै आन्दोलनमा उत्रिएका छन् । यता सोही विषयलाई लिएर तिनकुनेमा अरनिको यातायात प्रा.लि. ले पनि विरोध गरेको छ । अर्कोतर्फ होल्डिङ्ग सेन्टरबाट यात्रुको घरसम्म पुर्याउनका लागि प्रयोग हुने गाडीहरूमा पनि सिन्डिकेट भएको व्यवसायीहरूले आरोप लगाएका छन् ।
अर्कोतर्फ यातायात व्यवसायीहरूले ५ महिना लामो लकडाउन र निषेधाज्ञाका कारण यातायात क्षेत्र अस्तव्यस्त हुँदा पनि सरकारले वेवास्ता गरेको आरोप लगाए । आन्दोलनमा सहभागी ॐ साईराम यातायात प्रा.लि.का अध्यक्ष रविन कार्कीले अब यातायात व्यवसायी चुप लागेर नबस्ने बताए । मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दुरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवा समेत खोल्न व्यवसायीले माग गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले विभागका महानिर्देशक गोगनकुमार हमाललाई ८ बुँदे मागपत्र समेत बुझाएका छन् ।
अब सुरक्षाका मापदण्ड अपनाउँदै गाडी चल्ने वातावरण बनाउनु पर्ने बताए । अझै थन्किएर बस्न सक्ने अवस्था नभएको भन्दै सरकारले तुरुन्त यातायातका साधन चल्ने वातावरण बनाउनु पर्ने उनीरूको माग छ ।
यातायात व्यवसायीको गुनासोबारे यातायात व्यवस्था विभागका महानिर्देशक गगन कुमार हमालले यातायात व्यवसायीको माग सम्बोधन गर्ने बताए ।
यातायात टाइम्ससंगको कुराकानीमा महानिर्देशक हमालले लकडाउन र निषेधाज्ञामा पनि केही राहतका कार्यक्रम ल्याएको भन्दै आगामी दिनमा पनि व्यवसायीको समस्या सम्बोधन गर्दै जाने बताएका हुन् । सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्ने यातायात व्यवसायीहरूले गुनासो गरिरहेका बेला महानिर्देशक हमालले विभागको तर्फबाट गर्नुपर्ने कामहरू गरिरहेको स्पष्ट पारे । राज्यले यातायात क्षेत्रको मर्का बुझेन भन्ने व्यवसायीहरूको गुनासो छ नि भन्ने प्रश्नमा महानिर्देशक हमालले बैंकको किस्ता तिर्ने म्याद थपेको लगायतका राहतका कार्यक्रम ल्याएको स्पष्ट पारे । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण ५ महिनादेखि सार्वजनिक यातायात चल्न सकेका छैनन् । कोरोना भाइरस अझै नियन्त्रण नभएको अवस्था रहिरहे त्यसबारे पनि पुनर्विचार गर्ने विभागले उल्लेख गरेको छ ।
महानिर्देशक हमालले भने “कोरोनाको संक्रमण अझै लामो समयसम्म रहिरहे बैंकको किस्ता तिर्ने म्याद अझैं थप्न सकिन्छ । व्यवसायीको माग सम्बोधन हुन्छ ।” यता यातायात व्यवसायी भने यातायात व्यवसाय धराशायी हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै गुनासो गर्दै आएका छन् । लामो समय ग्यारेजमा गाडी थन्किँदा गाडीहरू पुनर्मर्मत गर्ने अवस्थामा पुगेका छन् ।