काठमाडौं । चक्रपथ सर–सफाई अभियानले शनिबार पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।
विगतमा पनि रक्तदान कार्यक्रम गर्दै आएकोमा चक्रपथ सफाइ अभियानले आज राजधानीको बाफलमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीर बहादुर बलायर रहेका थिए ।
“रक्तदान जीवनदान“ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानको चौथो दिन आज १३ पाउण्ड रगत संकलन भएको चक्रपथ सफाई अभियानका संयोजक तारा बहादुर कुँवरले यातायात टाइम्सलाई जानकारी दिए । कोरोना भाइरस महामारीका कारण रक्तदान गर्नेको संख्यामा भने केही कमी आएको संयोजक कुँवरले बताए ।
संकटको समयमा रगत अभाव नहोस् भन्नका लागि पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको संयोजक कुँवरले यातायात टाइम्सलाई जानकारी दिए ।
आगामी दिनमा पनि रक्तदान कार्यक्रम निरन्तर रुपमा आयोजना गरिने जानकारी दिइएको छ ।