काठमाडौं । विभिन्न बाहानाबाजीमा सडक नबनाउने ठेकेदारप्रति सरकार कठोर बनेको छ ।
सडक बनाउने ठेक्का लिएर विभिन्न लामो समयसम्म काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही प्रक्रिया थालेको हो ।
सम्झौताअनुसार काम नगर्ने ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरीएको सडक विभागले जनाएको छ ।
हालसम्म सडकमा मात्र ५० भन्दा बढी ठेकेदार कम्पनी कालोसूचीमा पर्ने सम्भावना देखिएको छ ।
सम्झौता म्यादभित्र काम नगर्ने ठेकेदारको जमानत रकम जफत गरी उनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।