काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका उम्मेदवारहरू टुंगो लगाएको छ।
निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। त्यसका लागि उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका छन्। दलहरूले दुर्गम क्षेत्रका उम्मेदवार यसअघि नै तय गरिसकेका भए पनि सहमति जुट्न बाँकी र विवादास्पद क्षेत्रका उम्मेदवारहरू आज अन्तिम रूप दिइएको हो।
रास्वपाका बागमती प्रदेशका उम्मेदवारहरू:
- सिन्धुली–१ : धनेन्द्र कार्की
- सिन्धुली–२ : आशिष गजुरेल
- रामेछाप : डा. कृष्णहरि बुढाथोकी
- दोलखा : ई. जगदीश खरेल
- सिन्धुपाल्चोक–१ : बाँकी
- सिन्धुपाल्चोक–२ : अजय श्रेष्ठ
- काभ्रे–१ : मधु चौलागाईं
- काभ्रे–२ : बदन भण्डारी
- मकवानपुर–१ : प्रकाश गौतम
- मकवानपुर–२ : प्रशान्त उप्रेती
- चितवन–१ : हरि ढकाल
- चितवन–२ : रवि लामिछाने
- चितवन–३ : सोविता गौतम
- काठमाडौं–१ : रञ्जु दर्शना
- काठमाडौं–२ : सुनील केसी
- काठमाडौं–३ : राजु पाण्डे
- काठमाडौं–४ : सस्मित पोखरेल
- काठमाडौं–५ : आसिफ शाह
- काठमाडौं–६ : शिशिर खनाल
- काठमाडौं–७ : गणेश पराजुली
- काठमाडौं–८ : विराजभक्त श्रेष्ठ
- काठमाडौं–९ : डीपी अर्याल
- काठमाडौं–१० : प्रदीप विष्ट
- ललितपुर–१ : सुरेन्द्र बजगाईं
- ललितपुर–२ : जगदीश खरेल
- ललितपुर–३ : तोसिमा कार्की
- भक्तपुर–१ : राकेश रंजित
- भक्तपुर–२ : राजीव खत्री
- नुवाकोट–१ : डा. विक्रम तिमिल्सिना
- नुवाकोट–२ : डा. अच्युतम लामिछाने
- रसुवा : वसन्त भट्ट
- धादिङ–१ : आशिका तामाङ
- धादिङ–२ : बोधनारायण श्रेष्ठ
रास्वपाले बाँकी रहेका निर्वाचन क्षेत्रका उम्मेदवार पनि आजै टुंग्याएर मनोनयन दर्ता गर्ने तयारी गरेको जनाएको छ।















