पूर्णबहादुर खड्का प्रतिनिधिसभा निर्वाचन नलड्ने

0

काठमाडौँ। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उनले यसपटक निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका हुन्।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए। तर, उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने निर्णयमा पुगेको पुष्टि गरेको छ।

खड्कानिकट एक नेताका अनुसार उनी स्वयं उम्मेदवार नबने पनि पार्टीको पक्षमा सक्रिय रहनेछन्।
‘पूर्ण दाइ चुनाव लड्नुहुन्न, तर चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ र पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ ती नेताले बताए।

खड्काले पार्टीसम्बन्धी विषयमा सर्वोच्च अदालतमा दायर मुद्दामा जुनसुकै फैसला आए पनि नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
उनका अनुसार अदालतको फैसला गगन थापाको पक्षमा आए सबैलाई समेटेर पार्टी एकढिक्का बनाइनेछ भने संस्थापन पक्षको पक्षमा निर्णय आए पनि गगन पक्षलाई समेत मिलाएर पार्टीलाई एकताबद्ध राख्ने प्रयास गरिनेछ।

खड्काको यो निर्णयलाई कांग्रेसभित्र आन्तरिक एकता जोगाउने प्रयासका रूपमा हेरिएको छ।