थवाङ गाउँपालिका : पूर्व आधार इलाका, अहिले आकर्षक पर्यटकीय गन्तव्य

2

रोल्पा — रोल्पा जिल्लाको थवाङ गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको थवाङ गाउँ अहिले सुन्दर पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गएको छ।

तत्कालीन सशस्त्र द्वन्द्वको समयमा आधार इलाकाको रूपमा चर्चित यो गाउँ मगर समुदायको बाहुल्यता भएको ऐतिहासिक बस्ती हो। चिटिक्क र मौलिक शैलीमा सजिएको थवाङ गाउँ सांस्कृतिक र प्राकृतिक दुवै हिसाबले पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।

थवाङ गाउँमा परम्परागत मगर संस्कृतिको झल्को दिने घर, नाचगान, भेषभूषा र जीवनशैली अझै पनि जस्ताको तस्तै देख्न सकिन्छ। यस्तै, यहाँबाट रोल्पाका विभिन्न हिमाल र हरियाली उपत्यकाको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।

स्थानीय सरकारले थवाङलाई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना अघि बढाएको छ।