चाँगुनारायणमा मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सुरु

3

भक्तपुर — चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ‘स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना’ अन्तर्गत तीन दिने मनोवैज्ञानिक प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ।

तालिममा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य चौकी प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ। तालिमले समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक सहायता सेवा प्रवाहमा सहजता ल्याउने लक्ष्य लिएको छ।

कार्यक्रमको उद्देश्य मानसिक स्वास्थ्यमा देखिने प्रारम्भिक लक्षणहरू पहिचान, आवश्यक सहयोग दिन सक्ने सीप विकास, तथा सहयोगी सञ्जाल निर्माण गर्न रहेको आयोजक संस्था नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले जनाएको छ।

यस तालिममार्फत सहभागीहरूलाई सम्वेदनशील समुदायसँग व्यवहार गर्ने, दवाव व्यवस्थापन गर्ने, तथा मानसिक रूपले पीडित व्यक्तिहरूलाई आधारभूत सहारा दिने ज्ञान र सीप प्रदान गरिनेछ।

कार्यक्रमका सहजीकरणमा नेपाल रेडक्रसका मानसिक स्वास्थ्य प्रशिक्षक, परियोजना प्रतिनिधि तथा मनोस्वास्थ्य विज्ञहरूको समावेश गरिएको छ।

स्थानीय स्वास्थ्य सेवाको स्तरोन्नतिमा योगदान पुर्‍याउने अपेक्षासहित तालिम सञ्चालन गरिएको जनाइएको छ।