काठमाडौं — विश्वप्रसिद्ध इटालियन लक्जरी फेसन ब्रान्ड Emporio Armani ले नेपालमा आफ्नो औपचारिक उपस्थितिको घोषणा गर्दै J&Co. लाई एकमात्र आधिकारिक आयातकर्ता र वितरकको रूपमा नियुक्त गरेको छ। यस सहकार्यमार्फत नेपाली बजारमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको लक्जरी फेसन ब्रान्डले प्रवेश गरेको हो।
Emporio Armani — जसलाई विश्वभर आधुनिक जीवनशैली र प्रिमियम क्वालिटी फेसनको पर्याय मानिन्छ — Armani Group अन्तर्गतको प्रमुख ब्रान्ड हो। युवा पुस्तादेखि व्यवसायिक वर्गसम्म लोकप्रिय यस ब्रान्डले उत्कृष्ट डिजाईन, आकर्षक ट्राभल गियर र फेसन एक्सेसोरीमार्फत लक्जरी फेसनमा नवीनतम ट्रेन्ड प्रस्तुत गर्दै आएको छ।
J&Co. अब Emporio Armani का सम्पूर्ण उत्पादनहरूको आयात, वितरण र ब्रान्ड व्यवस्थापनको जिम्मेवारी लिनेछ। कम्पनीले छिट्टै राजधानी काठमाडौंको प्रमुख व्यापारिक केन्द्रमा उच्चस्तरीय लक्जरी शोरूम सञ्चालन गर्ने तयारी गरिरहेको छ, जसले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको फेसन शपिङ अनुभव दिनेछ।
शुरुआती चरणमा शोरूममा ट्राभल एक्सेसोरीहरू, स्टाइलिश ब्याग, प्रिमियम जुत्ता, वालेट तथा अन्य आकर्षक फेसन एक्सेसोरीहरू उपलब्ध हुनेछन्। कम्पनीका अनुसार, ग्राहकको रुचि र मागको आधारमा आगामी चरणमा उत्पादनको दायरा अझ विस्तार गरिनेछ।
J&Co. का प्रवक्ताले भने, “Emporio Armani जस्तो विश्वविख्यात ब्रान्डसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो। नेपालमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डप्रति उपभोक्ताको चासो उल्लेखनीय रूपमा बढ्दैछ, र हामी ग्राहकलाई असाधारण सेवा र स्तर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं।”
यस सहकार्यले नेपालको लक्जरी रिटेल क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ। विश्वव्यापी ब्रान्डहरू नेपाली बजारतर्फ आकर्षित हुनु उपभोक्ताको बढ्दो क्रयशक्ति, फेसन चेतना र जीवनशैलीमा आएको परिवर्तनको प्रमाण हो।