वातावरण दिवसको अवसरमा बासले देखायो सरसफाई शन्देश मुलक नाटक

11
नेपालगन्ज /  विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस देशैभरी मनाइएको छ । सन् १९७३ देखि मनाउन सुरु गरिएको विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाउने गरिन्छ । बाँकेमा पनि बिभिन्न कार्यक्रम गरी सोमबार दिवस मनाइएको छ
विश्व वातावरण दिवसको अवसरमा बास नेपाल, कोहलपुर नगरपालिका र सम्बर्धन परियोजनाले सयुक्त रुपमा आयोजना गरेको दिगो वातावरण मेला आयोजान गरेको थियो भने सोही मेलाको अवसरमा बास नेपालले सरसफाई सम्बन्धी जनचेतनामुलक नाटक गरेको थियो । प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिकाको सभाहलमा नाटक प्रस्तुत गरिएको हो ।

नाटकको माध्यमबाट कलाकारहरुले जथाभावी फोहोर मैला फाल्दा वातावरणमा परेको प्रभाव, त्यसले मानव जिवनमा परेको असर, वातावरण विनासका कारण, बृक्षारोपणका फाईदाका बिषयमा अभिनय गरेका थिए । नाटकको अन्तयमा वातावरण सफा राख्न बिरुवा रोपौं, जथाभावी फोहोर मैला नगरौं, प्लाष्टिक जन्य बस्तुको प्रयोगमा न्यूनीकरण गरौं, कपडका झोला हाई हाई, प्लाष्टिकको झोला बाई बाईको नारा लगाएर कलाकारहरुले सामुहिक प्रतिबद्धता जाहेर गरेका थिए ।

नाटकमा बास नेपालका कलाकारहरु माधव कार्की, शोभा थापा,  शोभा भण्डारी, जित बहादुर थापा, सपना सुनार , राष्टि बुढामगर, सम्भव सिटौला, जोशिना थारु, तपेन्द्र मलातीले अभिनय गरेका थिए । कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, निवर्तमान अध्यक्ष लुना बृढाथाकी, बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, महासचिव कल्पना अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी बास नेपालले खजुराको मुख्य चोकमा र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १२ चिडिमार बस्तीमा उक्त नाटक प्रस्तुत गरेको थियो ।