काठमाडौँ । भारत र पाकिस्तानको युद्धले सिर्जना गरेको वातावरणले फ्रान्सको बहुचर्चित युद्ध विमान राफल निर्माता कम्पनीको सेयर ओरालो लागेको छ ।
विश्वको उत्कृष्ट मध्येको एक युद्ध विमानको परिचय बनाएको राफललाई प्रयोग गरेर भारतले पाकिस्तानी भूमिमा प्रहार गरेको थियो भने पाकिस्तानले जवाफमा आफ्नै भूमिबाट चिनियाँ युद्ध विमान जे–१० प्रयोग गरेर खसालेको थियो । पाकिस्तानको समा टिभीका अनुसार राफलको सेयर ८ प्रतिशतले ओरालो लागेको छ ।
अमेरिकी तथा बेलायती मिडियाले पाकिस्तानले दाबी गरेजस्तै राफल खसाएको पुष्टि गरेका छन् । पाकिस्तानले तीन राफल खसाएको दाबी गरेको छ । जसको सूचना मे ७ मा बिहानै ४ बजे पाकिस्तानस्थित चिनियाँ राजदूतले पाकिस्तानी विदेश मन्त्रालयमा पुगेर जानकारी दिएको फ्रान्स २४ ले उल्लेख गरेको छ ।