प्रेमध्वज लामा
भक्तपुर । चाँगुनरायण नगरपालिका वडा नम्वर ८ मा अनियमित प्लानिङ हुँदा पनि स्थानीय निकाय तथा प्रशासन मौन रहेको पाईएको छ । भक्तपुरमा प्रशासन तथा स्थानीय निकायको बलमा नै अनियमित प्लानिङ मौलाएको समयमा सुडालको चौकी नजिक नै प्लानिङ अनियमित तवरबाट हुँदा पनि सबै कानमा तेल हालेर बसेको पाइएको हो ।
सुडालको दुई पिप्ले नजिक ५० रोपनी भन्दा बढि जमिनमा अनियमित रुपमा प्लानिङ हुँदा पनि स्थानीय निकाय देखि सबैले मौन रुपमा समर्थन गरेको पाइएको हो । जग्गा सम्याउने अनुमती लिएर जग्गामा बाटो राखेर मालपोत तथा नापी कार्यालमा पैसाको ओइरो नै लागाएर अनियमित तवरबाट प्लानिङ गरिएको मेरो सरकारले पाएको छ ।
मालपोत कार्यालयले सामान्य मानिसको भने एक कित्ता काट गर्दा समेत विभिन्न बहानाबाजी गर्ने गरेको तर माफियाहरुको भने सुरु सुरु काम गर्ने गरेको मालपोत कार्यालयमा आएका एक सेवा ग्राहीले बताए ।
सुडालका एक दर्जन भन्दा बढि स्थानमा माफियाहरुले जग्गा सम्याउने नाममा प्लानिङ गर्दै आएको खुलेको छ । दुई पिप्ले र बागमारे पाटी सँगैको स्थानमा १०० रोपनी भन्दा बढि जग्गा सम्याउने नाममा प्लानिङ भई रहेको देखिएपनि अन्य स्थानमा पनि अवस्था उस्तै रहेको पाईको छ ।
दुई पिप्ले सँगैको प्लानिङ गर्ने एक प्लानरलाई कसरी यो प्लानिङ गर्नु भयो भन्ने प्रश्नमा उनले आफूहरुले जग्गा सम्याउनुभन्दा पहिला नै मालपोत तथा भुमिसुधार कार्यालय र नापी बाट कित्ता काट भने गरि सकेको बताए साथै उनले ३० दिनमा नै आफूहरुले प्लानिङ सम्पन्न गरि सकेको भन्दै धक्कुसमेत लगाए ।
बाली काट्ने बेलाको गहूँ नै मिचेर गरिएको प्लानिङले वडाबाट जग्गा सम्याउने अनुमती मात्र लिइएको पाईएको छ भने नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई जानकारी गराएको तर प्रक्रिया भने नोटमा मात्र पुञ्याएको पाइएको छ ।
यस्तै ५० रोपनी भन्दा बढि जग्गामा प्लानिङ गर्नको लागि उपत्यका विकास प्राधिकरण सँग अनुमती लिनु पर्नेमा उक्त प्लानिङ तथा बागमारे पाटी सँगैको अर्को प्लानिङले पनि यसको अनुमती भने न लिएको कार्यालयले जानकारी दिएको छ । यस्तै रातारात प्लानिङको हजारौं टिप माटो समेत विक्री गरेको स्थानीयले गुनासो गरेका छन् । सबैको मिलेमत्तो छ स्थानीय निकाय देखि प्रशासन सम्म कसलाई के भन्ने रात भरी माटो टाप गराई एकै महिनामा खेत घडेरी पो भयो त त्यो पनि कतै अनुमती नै नलिइ । को बोल्ने दिन भर प्लानिङ यरियामा चुल्ठे मुन्द्रे हरुले घरा हालेर बस्ने गरेका छन् उनीहरुले बताए ।
यस्तै गरी सूर्यविनायक नगरपालिका वडा नम्वर ९ काँक्राबारीमा सार्वजनिक वन नै मिचेर प्लानिङ गरिएको पाइएको छ ।
भक्तपुरमा अनियमित तवरबाट प्लानिङ गर्नेको झुण्ड सक्रिय रहेको पाइएको छ । यसका विषयमा थप रिपोटिङमा हामी जोडिने नै छौं ।
सुडालमा भएको प्लानिङमा के कति कहाँ कहाँ खर्च गरेर तथा स्थानीय निकाय देखि मालपोत अनी नापी कार्यालयले के कति रकममा कित्ता काट गरि माफियाहरुलाई सहयोग गरे भन्ने विषयमा मेरो सरकार टिमले स्थलगत रिपोटिङ गरेको छ ।