पुष्पा–२ः औचित्यहीन कथामा पैसा र समयको बर्बादी

2

काठमाडौं ।
निर्माण अगाडि नै सुपरहिट प्रचार पाएको चलचित्र हो–‘पुष्पा–२ द रुल’ । पुष्पा अब कसैको नाम मात्र रहेन, ब्रान्ड भइसकेको छ। ‘पुष्पा २’ सन् २०२१ को तेलुगु ब्लकबस्टर फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो। यस कारण पनि यो निर्माणअघि नै बहुप्रतिक्षित चलचित्र हो।

चलचित्रका निर्देशक एवं लेखक सुकुमारलाई पहिले नै थाहा थियो पुष्पा २ को नतिजा। नतिजा हेरर बनाइएको चलचित्र हो यो। बनाउनु भन्दा अगाडि नै चलचित्र सुपरहिट भन्ने थाहा थियो। यसकारण मिहनेत गरेको चलचित्र होइन। उनले यो चलचित्रमा आफ्नो कल्पना शक्तिको प्रयोग नै गरेका छैनन् भन्दा फरक पर्दैन ।

बजारमा नयाँ चिज आयो भने अपेक्षा हुन्छ पुरानो भन्दा राम्रो होस्। केही नयाँ होस्। यो पुष्पा २ को हकमा त्यो नयाँपन देखिदैन। चलचित्रमा राम्रोभन्दा अलोचनात्मक पक्ष धेरै छन्।

पुष्पा २ धेरै लामो चलचित्र हो। लामो मात्रै होइन पट्यार लाग्दो छ। ३ घण्टा २० मिनेटको यो चलचित्रमा कन्टेन नै छैन। यति लामो चलचित्र बनाउनुको कुनै औचित्य प्रष्ट हुन सकेको छैन। ३ घण्टा २० मिनेटको फिल्म मात्रै हो, चिलचित्रका लागि पूरा ४ घण्टा छुट्याउनु पर्छ। फिल्ममा कसिलो पटकथा नै छैन। यो त दर्शकका लागि एक किसिमको टर्चर नै हो।

सिक्वेल भनेपछि प्रश्न उठ्छ, चलचित्रमा नयाँ के छरु उत्तर केही छैन। पुष्पामा धेरै कुरा नयाँ थियो। डाइलक थिए, ‘फ्लावर नही फायर हे’, ‘झुकेगा नहि साला’। यी पुरानै डाइलक हुन्। हिँड्ने, बोल्ने तरिका अल्लु अर्जुनको जुन थियो त्यो सबै पुष्पामा नौलो थियो। तर यसमा कुनै पनि नयाँ छैन। यसमा पुरानै कुरालाई दोहो¥याइएको छ। यदी अल्लु अर्जुनको तपाई ‘डाइहार्ट फ्यान’ हो भने पुष्पा नै हेर्नुहोस्। पुष्पा २ हेर्नुपर्ने कुनै आवश्यकता छैन।

असफलताबाट सिकाइको पाठ लिनु मान्छेको स्वभाव हो। तर सफताबाट सिकाइको पाठ लिन नसक्नु मान्छेको कमजोरी पनि हो। यो पुष्पाका निर्देशक सुकुमारमा पनि लागु हुन्छ। पुष्पाको सफलताबाट सुकुमारले केही सिकेनन्। पुष्पा ब्लकबस्टर फिल्म हो। तर यसको सफलताबाट केही सक्न सकेनन् सुकुमारले।

पुष्पा २ हेरर बाहिर निस्कँदा एक यस्तो डाइलक छैन जुन मुुखमा झुन्डिरहोस्। एउटा यस्तो सिन छैन जुन याद आइरहोस्। पुष्पाको जादु पुष्पा २ मा देखाउन सकेका छैनन्।

सकारात्मक पक्षको कुरा गर्दा अल्लु अर्जुनको वास्तविक कलाकारीता यहाँ देखिन्छ। उनको एक्टिङ कमालकै छ। भिलेन एसपी सिकावतको अभिनय पनि तारिफ योग्य नै छ। उनी फिल्ममा छाएका छन्। जतिबेला उनी देखिन्छन् एक्साइमेन्ट छाउँछ। एक हिसाबले फिल्मलाई जीवन दिएका छन्।

चलचित्रको संगित पक्षलाई हेर्ने हो भने बेकारका गीत छन्। आवश्यकता भन्दा बढी ठाउँमा गीतले स्थान ओगटेको महशुस हुन्छ। डान्सलाई भने औसत मान्न सकिन्छ । अल्लुको उत्साह जगाउने डान्स छ। एक्सन राम्रो छ। यदी तपाईलाई एक्सन मन पर्छ भने चलचित्र ठिकै लाग्न सक्छ। डाइलक बकबास छन्। अल्लुका डाइलक पुरानै छन्। एक पनि राम्रा डाइलक यो फिल्मले दिएको छैन।

बाँकी कलाकार रश्मिका मन्दाना वा अन्य कलाकारका डाइलक पनि बेकारका लाग्छन्। जति पनि भावुक बनाउन राखिएका सिन छन्। त्यसबाट भावुक हुने अवस्थाका छैन। त्यसमा इमोसन महशुस नै हुँदैन। पारिवारिक ड्रामामा दर्शकका आँखाबाट आशुको जुन अपेक्षा निर्देशको थियो, रसाउने त परको कुरा, बिझाउनसम्म बिझाउँदैन। डाइलककै कारण ती इमोस्नल सिन पूरा हुन नसकेको भान हुन्छ। ती सिनमा कुनै इमोसन जाग्दैन।

पुष्पा एक गरिब मजदुरबाट रक्तचन्दन तस्कर बन्ने कथा थियो। पुष्पा २ तस्करबाट अन्तर्राष्ट्रिय डन बन्ने कथा हो। जब मान्छे ठुलो बन्दै जान्छ उसमा डर पैदा हुँदै जान्छ। यो महशुस गर्न सकिन्छ पुष्पा २ मा। पुष्पा डराउँदै छन्। उनको कमजोरी पनि स्पष्ट देखिन्छ।

मान्छे जति नै ठूलो वा जति नै सफल भएपनि आफ्नो परिवारबाट मान्यता नमिल्दा उ अधुरो नै रहन्छ। यसमा पुष्पा आफ्नो वंशको तलासमा भड्केका देखिन्छन्। अन्तर्राष्ट्रिय डन बनेपछिको ध्रुतपना यहाँ अल्लु अर्जुनमा पनि देखिन्छ। पूरा चलचित्र एक कथामा बाँधिएको छ। पुष्पा पत्नी श्रीबल्ली आफ्ना श्रीमानसँग मुख्यमन्त्रीको फोटो घरमा भएको हेर्न चाहना राख्छिन्। तर मुख्यमन्त्रीले तस्कर पुष्पासँग फोटो खिच्न मान्दैनन्। त्यसपछि पुष्पा मुख्यमन्त्री नै फेर्दिन्छन्। नयाँ मुख्यमन्त्रीसँग फोटो मात्रै होइन घरमै बोलाएर खाना खाएर फोटो खिच्छन्। पूरा चलचित्र यसमै केन्द्रीत छ।

डिसेम्बर ५ मा विश्वव्यापी प्रदर्शनमा आएको पुष्पा २ ले विश्वभर झण्डै दुई हजार करोड भारुको आँकडा पार गर्ने निश्चित छ। फिल्मले ११ दिनसम्म विश्वव्यापी एक हजार ४ सय करोड भारु कमाइसकेको छ। अहिलेसम्म सर्वाधिक कमाउने सर्वकालीन भारतीय फिल्मको तेस्रो स्थानमा यो फिल्म सूचीकृत भइसकेको छ।

अब, पुष्पा–३ बन्ने निश्चित छ। पुष्पा २ जति नै पैसा कमाओस्। पहिलो भन्दा बढी नै सुपर हिट होस्। यो होइन कि यो पुष्पा भन्दा राम्रो बनेको छ। ‘पुष्पा २’ भन्दा ‘पुष्पा’ धेरै राम्रो चलचित्र थियो। त्यो यसकारण राम्रो थियो कि त्यसबेला बनाउने मान्छेलाई समेत थाहा थिएन यति राम्रो बनाउँदैछौ भन्ने। त्यति बेला मनबाटै फिल्म बनेको थियो। मिहनेत गरेका थिए। तर त्यो मिहनेत पुष्पा दुईमा देखिदैन।

खासमा पुष्पा, केजिएफ लगायतका चलचित्र निर्माण नै नगरिनु पर्ने हो। निर्माण गरिए रोकिनु पर्ने हो। त्यो पनि नभए हेर्न नै नपर्ने हो। यसको प्रशंसा त झन् गर्न नै हुँदैन। एक तस्करलाई नायक बनाएको चलचित्रबाट समाजमा कस्तो प्रभाव पर्लारु यसको मुल्यांकन नै गर्न सकिदैन। तस्करी र गुन्डागर्दीलाई जति नै सकारात्मक रूपमा देखाउन खोजेपनि त्यो कदापी राम्रो भन्न सकिदैन। गरिब परिवारमा जन्मनु जन्मिने मान्छेको दोष होइन। हुर्कँदै गर्दा समाजबाट तिरस्कृत हुन उसको बसमा छैन। तर त्यस्तो मान्छे भविष्यमा गुन्डा नाइके नै बन्नु पर्छ भन्ने छैन।

समाजमा राम्रा उदाहरण थुप्रै छन्। गरिब परिवारमा जन्मेका मान्छे आफ्नो मिहनेत र परिश्रमबाट उच्च पद प्रतिष्ठा आर्जन गरेका उदाहरण धेरै नै छ। प्रधानमन्त्री, मन्त्री, डाक्टर, वैज्ञानिक, इञ्जिनियर, कलाकार बनेका अनुसरण योग्य व्यक्तित्व समाजमै प्रशस्तै छन्। तिनलाई पात्र बनाए समाजमा सकारात्मक प्रभाव पर्छ।

नकात्मक पात्रबाट मात्रै चलचित्र चल्ने होइन। चलचित्र त कल्पना प्रस्तुतीको उच्चतम विन्दु हो। थ्री इडिएट वा सुल्तान वा यस्तै किसिमका चलचित्रबाट जीवन बदलिए भन्ने मान्छे प्रस्ततै भेटिन्छन्। तर तस्कर र गुन्डालाई रोलमोडल बनाइएका चलचित्रका पात्रबाट समाजमा तिनलाई अनुसरण गर्दा कस्तो प्रभाव पर्यो वा पर्ला त्यो भने अनुसन्धानको विषय रहेको छ। नागरिक अनलाइनबाट लेखक पुष्प भट्ट