राजधानी लगायत देशका ठूला शहरमा गुड्ने छोटो दुरीका सार्वजनिक यातायात कम्पनीहरूले जी.पी.एस ट्र्याकिङ्ग प्रणाली जडान गर्न थालेका छन् ।
सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक बर्षभित्रै जडान गर्ने सरकारको नीति अनुरुप पनि यतिबेला सवारी साधन सञ्चालकहरूले सो प्रणाली जडान कार्यलाई तिब्रता दिएका हुन् । चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने सरकारको लक्ष्य रहेको छ । साझा यातायात, महानगर यातायात, मयूर यातायात लगायतका उपत्यकाभित्र चल्ने केही सवारी साधनहरूले शुरू गरिसकेका छन् भने अन्य यातायात कम्पनीहरूले पनि धमाधम जीपीएस ट्र्याकिङ्ग प्रणाली जडान गर्न थालेका हुन् । जीपीएस जडान खासगरी सवारी साधनको गति, अवस्था र स्थानको जानकारी लिन गरिने हो । जी.पी.एस ट्र्याकिङ्ग प्रणालीको जडान गरिसके पश्चात् यात्रुहरूलाई सहज हुने देखिएको छ । यसबाट यात्रुहरूले घण्टौंसम्म गाडी कुर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । विशेष गरी राजधानीका कतिपय रुटहरूमा घण्टौंसम्म गाडी कुर्नुपर्दा यात्रुहरु आजित हुने गरेका छन् । सोही बाध्यताको अन्त्यका लागि विभिन्न सार्वजनिक यातायातहरूले धमाधम जी.पी.एस ट्र्याकिङ्ग प्रणालीको जडान गर्न थालेका छन् । यसबाट यात्रुहरूले कुन गाडी कहाँ आइपुग्यो भन्ने सहजै थाहा पाउन सक्नेछन् । यो सेवा लिनका लागि एप्स डाउनलोड गर्नुपर्छ । यात्रुले आफू जाने स्रथान रुट अनुसार टिकट बुक गर्नसक्ने तथा गाडीको अवस्था वा गाडी कहाँ छ भनेर हेर्न सक्ने छन् । जी.पी.एस ट्र्याकिङ्ग प्रणाली जडान गर्नेको सूचिमा चन्द्रागिरी यातायात पनि रहेको छ । अब केही समय पश्चात् नै यात्रुहरूले यो सुविधाको उपभोग गर्न पाउने कम्पनीले जनाएको छ । जी.पी.एस ट्र्याकिङ्ग प्रणाली जडान गर्ने सार्वजनिक यातायातको संख्या पछिल्लो समय बढ्दो छ । तथापि लकडाउन तथा निशेधाज्ञाका कारण यतिबेला यातायात क्षेत्र ठप्प भएपनि कोरोनाको कहर सकिएपश्चात् नै जी.पी.एस सिस्टम प्रयोगमा ल्याउने कतिपय यातायात व्यवसायी बताउछन् ।
के.हो जीपीएस ट्र्याकिङ्ग प्रणाली ?
ग्लोबल पोजिशनिंग सिस्टम (जीपीएस) एक उपग्रह नेभिगेसन प्रणाली हो जसले स्थान र समयको जानकारी सबै क्षेत्रहरूमा र यसको प्रयोगकर्ताको लागि मौसम स्थितिको सिर्जना गर्दछ । यो एक्सएनयूएमएक्स उपग्रह र उनिहरूको ग्राउण्ड स्टेशनहरूको नक्षत्रबाट गठन गरिएको हो, जीपीएस प्रणाली मुख्यतः कोष र अमेरिकी सरकारको रक्षा विभागद्वारा समग्र नियन्त्रण गरिएको छ । जीपीएस पानी जहाज, विमान, कार, मोटरसाइकल र ट्रक सहित सवारी साधनहरूमा नेभिगेसनको लागि पनि प्रयोग गरिन्छ