भक्तपुरका सहायक सीडीयोको असमायिक निधन

भक्तपुर । जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असमायिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो ।

गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित रहेका थिए । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई चितवनस्थित भरतपुर क्यान्सर अस्पताल रिफर गरिएको थियो । चितवनमै उनको निधन भएको हो ।

स्याङ्जा जन्मघर भएका करिब ५५ वर्षीय ढकालका श्रीमती र २ छोरी छन् ।

बुधवार जिल्ला प्रशासन कार्यालय, भक्तपुरले दिवंगत ढकालको स्मरणमा श्रद्धान्जली सभा आयोजना गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराइले ढकालको निधनले स्तब्ध भएको भन्दै दिवंगत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन् ।