शास्त्रीय संगीत सहितको सांगीतिक कार्यक्रम सम्पन्न

भक्तपुर ।  पूर्वीय शास्त्रीय संगीतको बिकास, सो सम्बधी अन्वेषण, शास्त्रीय संगीत सिक्ने संस्कारको बिकाश हेतु स्थापित भक्तपुरका दुई सन्स्थाहरु “आराधना संगीत समूह” र “संगीत ग्राम गुरुकुल नेपाल”को संयुक्त आयोजनामा शास्त्रीय संगीत सहितको एक सांगीतिक कार्यक्रम भक्तपुर सुर्यबिनायक स्थित दियो गार्डेन क्याफेमा आयोजना भएको छ।

सो कार्यक्रममा संस्थाको उद्देश्य अनुरुप शास्त्रीय संगीत र साथमा नेपालकै मौलिक र परम्परागत बाजाहरु बादनका साथ साथमा भजन, आधुनिक गीत तथा नेपालि माटोको सुवास बोकेको लोकगीत समेतको प्रस्तुती रहेको थियो।

कार्यक्रमको सुरुवात “नेपालकै प्रथम महिला धिमे बादक” मानिने इन्दिरा लाछिमस्युको परम्परागत बाजाहरुको बादनबाट सुरु भएको थियो भने त्यस लगत्तै संगीत ग्राम गुरुकुल नेपालका प्रमुख गायन प्रशिक्षक मिष्टर लोहलाको शास्त्रीय गायन प्रस्तुत गरिएको थियो।

नयाँ पुराना कलाकार हरुको समिश्रण रहेको कार्यक्रममा त्यसपछि मध्यपुर थिमीबाट आउनु भएका संघर्षरत गायक हरिसुन्दर लाखे श्रेष्ठको आमाबाबु प्रती समर्पित आफ्नै रचना र संगीतको नेपाल भाषाको ” भगवान ख मा बा” भजन गीतको प्रस्तुती रह्यो भने त्यसपछि गायक प्रबिन शाहिको आधुनिक संगीत बिधाको आफ्नै गीत “मिठो बोली बोल्नेले” प्रस्तुतले कार्यक्रमलाई अघि बढाएको थियो।

कोभिडका कारण भिड्भाड नहुने गरि सामाजिक दूरी कायम गरि फेसबुक तथा युटुव र स्टारमेकर बाट प्रत्यक्ष प्रशारण गरिएको हिजोको कार्यक्रममा नव प्रतिभा श्रेया बम्जनले कुन्ती मोक्तानको स्वर र शिला बहादुर मोक्तानको संगीत रहेको लोक भाकाको गीत “भन्छन् कोइ जिन्दगी यो कर्कलाको पानी हो” गाएर पहिलो पटक मन्चमा गीत गाउने अनुभव संगाले भने अर्का नव प्रतिभा श्रद्धा बज्राचार्यले चर्तित नेपाल भाषाको गीत ” लिक वया जित धाला वं” बोलको गीत गाएर पहिलो पटक स्टेजमा गाउने मौका प्राप्त गरे।

कार्यक्रमको अन्तिम प्रस्तुतिमा भक्तपुरका लामो समय देखि संगीतमा साधानारत गायक लक्ष्मण पलिखेलले डा. राम मान तृषितको रचना र स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर संगीत रहेको कालजयी गीत ” मैले पुन्य मन पराए, या पाप मन पराए” को प्रस्तुती रहेको थियो।

कोभिडको कहरले अशान्त बनेको मानिसहरुको मन मस्तिष्कलाई संगीतले शान्त गरिरहेको बिश्वासका साथ “म्युजिक फर पिस” नाम दिईएको यो कार्यक्रम सस्थाको तेस्रो प्रयास हो।

यस अघि नेपालका तबला मायषट्रो श्री रबिन लाल श्रेष्ठ र त्यसगरी संगीत प्रबिन नरराज ढकालको सम्झनाको अवसर पारेर पनि दुई कार्यक्रम आयोजना भैई सकेको आराधना समुहका सदस्य सम्भो चरण राजभण्डारीले बताउनु भयो।

प्रत्यक्ष गायनमा सङीत बादनमा तबला उस्ताद गौतम श्रेष्ठ र रोशन भाषिमा, गिटारमा अशेष बज्राचार्य, बांसुरिमा सम्पुर्ण लामा डोङ र हार्मोनियममा धनराज तामाङको साथ रहेको थियो।

आयोजक संस्थाको अभियान, सांगीतिक गतिबिधी तथा शास्त्रीय संगीत सम्बन्धि चर्चाका लागि शास्त्रीय गायन प्रशिक्षक श्री के. सि, भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रबिन शाहि र संचारकर्मी सिमान्त शिल्पकारले शुत्रधारको भूमिका निभाउनु भएको थियो।