अपराधको शिकार भएर बेसाहारा बनेका बालिका एसओएसको जिम्मा

भद्रपुर ।जन्मदिने आमाले घर छाडेको डेढ वर्ष भयो । आमा हिडेपछि १२ र ७ वर्षका नाबालिका छोरी बावुको सहारामा बसेका थिए तर आफ्नै बाबुले ती अबोध बालिकामध्ये ठुली छोरीलाई पटक– पटक करणी गरे । छोरीले सहनसकुञ्जेल कसैलाई भनिन् जब पटक– पटकको यौन हिंसाका कारण उनलाई रक्तश्राव हुन थाल्यो । बाबुले गरेको अनैतिक कार्य आफ्नै साथीलाई सुनाइन् । साथीले आमालाई सुनाएपछि घट्ना सार्वजनिक भयो । यस अपराधको सजाय स्वरूप बाबु अदालती प्रकृयाबाट कारागार पुगेको छ भने दुई छोरी अभिभावकविहिन भएपछि एकल महिलाको शरणमा राखिएको थियो ।

सोही घट्ना गएको असार ३१ गते राति साढे ९ बजे पुनः भयो । आफ्नै नाबालिका छोरीलाई बाबुले एक महिना यताबाट पटक – पटक करणी गरेको छिमेकीले जानकारी पाए । घट्नाको जानकारीका आधारमा सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका ८ मा डेरा गरी वस्ने अन्दाजी ३५ वर्षिय लिम्बू थरका ती आपराधिक प्रवृत्तिका बावुलाई इलाका प्रहरी कार्यालय विर्तामोडले घट्ना भएकै राति नियन्त्रणमा लियो । बाबुलाई प्रहरीले लगेपछि पीडित बालिकासहित उनकी ७ वर्षिया वैनी बेसाहरा बने । छिमेकी लगायत प्रहरी प्रशासनले आफन्तको खोजि गर्दा जिम्मा लिने कोही नभएपछि पीडित बालिकासहित दुवैलाई एकल महिलाद्वरा सञ्चालित भद्रपुर १० मा रहेको असाह्य राख्ने छहारी घरमा राखियो । छहारी घरकी संयोजक रेखा अधिकारीको प्रत्यक्ष निगरानीमा ती बालिकाको लालन पालन शुरू भयो । आरोपित विरुद्ध मुद्दा दर्ता गराइएको मानव अधिकारका लागि एकल महिला झापाकी संस्थापक अध्यक्ष अधिकारीले बताइन् । आमा पहिले नै घर छाडेर हिडेकी र पीडितको ७ वर्षिया वैनी मात्र रहेकोले कोही नभएपछि समूहको तर्फबाट मुद्दा दर्ता गराइएको उनले बताइन् । एक दिनको कुरा हो कोठामा रहेको भेन्टीलेसनको माध्यमबाट दिउँसो उनीहरु भागेछन् । भाग्दै गरेको अवस्थामा नजिकै रहेको चन्द्रगढी विमानस्थलबाट फेला पारेर छहारीमा ल्याएको अधिकारी बताउँछिन् । वैनीले भागुुम भनि अनि भागेको तर, यहाँको आमाले भेटाइहाल्नु भयो ती १२ वर्षिया बालिकाले सुनाइन् ।

छहारी घरमा बसेको ६४ दिनपछि बुधबार इटहरी स्थित एसओेएस बालग्रामले उनीहरुलाई अभिभावकत्व ग्रहण गरेको छ । इटहरीबाट आएको सो संस्थाका कर्मचारीलाइ नियमअनुसार हस्तान्तरण गरिएको अधिकारी बताउँछिन् । छहारीमा राखेर उनीहरुको जन्म दर्ता र स्कुलको चारित्रिक प्रमाण पत्र समेत वनाइएको उनले बताइन् । बसाई अवधिभरको खाना खर्च विर्तामोड नगरपालिकाले लिएको उनको भनाइ छ । विर्तामोड नगरपालिका र ईलाका प्रहरी कार्यालय विर्तामोडको सिफारिसका आधारमा बालग्रामलाइ दिने निर्णय भएपछि सो गरिएको उनले बताइन् । बालग्रामलाइ जानकारी लगायत सहजकर्ताको भूमिका एविसी नेपालले गरेको थियो ।

यता आरोपितलाइ भने पुर्पछका लागि झापा कारागारमा राखिएको जिल्लाका डिएसपी राकेश थापाले बताए ।