भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल प्रमुखहको बैठक सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखहको बैठक बुधबार सम्पन्न भयो।
बैठकमा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी अस्पतालहले सेवा सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
भक्तपुर नगरपालिकाले भक्तपुर अस्पतालमा पीसीआर मेसिन राख्न प्रदेश सरकारसँग निरन्तर पहल गरिराखेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले सबै अस्पतालले यो संकटको समयमा निःस्वार्थ रुपमा जनताको सेवा गर्नुपर्ने बताउनुभयो।
अस्पताल प्रमुखहसँगको उक्त बैठकले कोभिड१९ संक्रमण न्यूनीकरण कार्यलाई थप प्रभावकारी बनाउन भक्तपुरमा पिसिआर टेष्टलाई व्यापक रुपमा संचालन गर्ने उद्देश्यले वागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई प्रदान गर्ने भनिएको पिसिआर टेष्ट गर्ने उपकरण यथासिघ्र उपलब्ध गराउन र परीक्षण विधिको लागि आवश्यक सामग्रीको बन्दोबस्त गर्न बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय गयो।
कोभिड१९ रोगको संक्रमण न्यूनीकरण कार्यका लागि नगरपालिका र यहाँस्थित सरकारी तथा निजी अस्पतालहबीच समन्वय गरी अगाडि बढ्ने र नगरबासी जनतामा कोभिड१९ रोगको संक्रमण न्यूनीकरण तथा उपचार विधिबारे जनचेतना जगाउने कार्यमा नगरस्थित सबै अस्पताल सामूहिक प्रयास गर्ने निर्णय बैठकले गयो।
बैठकले भक्तपुर नगरपालिकामा कोभिड१९ रोगको संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा संक्रमित नगरबासीहलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न नगरपालिका妯ा सञ्चालन गरिने आइसोलेसन केन्द्रका लागि आवश्यक प्राविधिक एवं चिकित्सकीय सेवामा सहयोग गर्न नगरस्थित सबै अस्पतालह सहमत भएको निर्णय गयो।
बैठकमा सहभागी भक्तपुर अस्पतालका मे.सु. डा. सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिष्ट डा. रोशन प्रजापति, इवामुरा मेमोरियल अस्पतालका प्रशासक रन्जित मारिखु, सिद्धिस्मृति अस्पतालका प्रशासक अनिल राजभण्डारी र डा. अखिल ताम्राकार र जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवालगायतले हाल महामारीको रुपमा पैmलिएको कोभिड१९ रोगको संक्रमण न्यूनीकरण तथा विरामीको उपचार सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो।
उहाँहले भक्तपुर नगरपालिकाभित्र सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाहले महामारीबीच पनि जनतालाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेकोे, कोभिड बिरामीको लागि छुटै एम्बुलेन्सको खाँचो भएको, स्वास्थ्यकर्मी स्वयम्मा कोरोना संक्रमण देखिन थालेका कारण अस्पतालहमा जनशक्तिको अभाव रहेको, भक्तपुरमै पीसीआर परीक्षणको आवश्यकता रहेको र होम आइसोलेसन व्यवस्थित नहुँदा संक्रमणको जोखिम बढिरहेको विषयमा धारणा व्यक्त गर्नुभयो।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो।