नेपाल तरुणदल चाँगुनारायण नगर समितिद्धारा प्रहरीलाई ब्यक्तिगत सुरक्षा सामग्री सहयोग

भक्तपुर । नेपाल तरुणदल चाँगुनारायण नगर समितिद्धारा कोरोना महामारीका विरुद्ध अहोरात्र कार्यक्षेत्रमा खटिनुहुने प्रहरीहरुलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
तरुण दल नगर समितिले नगर भित्र रहेका प्रहरी कार्यालयहरुमा ब्यक्तिगत सुरक्षाका सामाग्रीस्वरुप मास्क, पंजा र सेनिटाइजर हस्तान्तरण गरेको हो ।


विश्वब्यापी रुपमा फैलिरहेको कोभिड १९ को महामारीले विश्वनै आक्रान्त भइरहेको परिस्थितीमा हाम्रो देशमा पनि दैनिक रुपमा संक्रमितहरु र मृत्यू हुनेहरुको संख्या बढी रहेकोले अग्रपंक्तिमा रहेर खटिने प्रहरीलाई तरुणदलले एक कार्यक्रमका बीच महानगरीय प्रहरी प्रभाग, सुडाल, बागेश्वरी (नगरकोट रोड ) ब्यासी भक्तपुर, सुडाल , चाँगुनारायण नपा ४ चाँगु प्रहरीलाई ब्यक्तिगत सुरक्षा सामग्री सहयोग गरेको नेपाल तरुणदल चाँगुनारायण नगरपालिकाका नगर अध्यक्ष गोविन्द थापाले जानकारी दिनुभयो ।
उहाँँले नेपाल तरुणदलले संकटको यस घडिमा रचनात्मक भूमिका निर्वाह गर्दै सरकारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको पनि बताउनुभयो । साथै क्रमिक रुपमा सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु र अग्रपंक्तिमा रहेर कोभिढ १९ विरुद्ध लड्ने स्वयंसेवकहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री प्रदान गर्दै जाने समेत अध्यक्ष थापाले जानकारी दिनुभयो ।


प्रदेश सभा सदस्य कृष्णलाल भंडेल , नेपाली काँग्रेस क्षेत्र नम्वर १ सभापति जीवन खत्री लगायतका चाँगुनारायण नगरपालिका तरुण दलका विभिन्न पदाधिकारी तथा नगर समितिका पदाधिकारीहरुको विच प्रहरीहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा तरुण दल वडा नम्वर ४ का वडा अध्यक्ष विनोद बुढाथोकी , वडा ५ का अध्यक्ष सुरेस कार्की, ६ का दिनेसराज गिरी लगायत विभिन्न पदाधिकारीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।