शिवपुरी गाउँपालिकाका नव नियुक्त प्रमुख प्रशासकीय अधिृकत आचार्यद्वारा पद बहाली

नुवाकोट । शिवपुरी गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई गाउँपालिकाले भव्यरुपमा स्वागत गरेको छ ।
गाउँपालिकाले आइतवार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी , वडाध्यक्ष लगायतका जनप्रतिनिधिले आचार्यलाई फूल, माला र खादा लगाई भव्यरुपमा स्वागत गर्नुभएको हो । आचार्यले आइतवार नै पद बहाली गर्नुभएको छ ।
यसअघि ललितपुरको वागमती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत आचार्य कुशल प्रशासकको रुपमा चिनिदै आउनुभएको छ । जनप्रतिनिधि र कर्मचारीसँग मिलेर काम गर्न सक्ने क्षमता भएको आचार्यसँग स्थानीय सरकारको विषयमा राम्रो अनुभव हासिल गर्नुभएको छ । आचार्यलाई स्वागत गर्दै अध्यक्ष थापाले
जनप्रतिनिधि र कर्मचारीबीचको सुमधुर सम्बन्धले मात्र विकास निर्माण र सुशासन स्थापना हुने भन्दै उहाँले जनप्रतिनिधिको भावनालाई समेटिएर नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो । अध्यक्ष थापाले यस तिन वर्षमा गाउँपालिकाले कपितय योजना सम्पन्न गरिसकेको र अब कपितय सम्पन्न हुने क्रममा भएकाले बाँकी कार्यकालमा गाउँ सभाले पारित गरेको नीति, कार्यक्रम र बजेट अनुसार नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत कार्यान्वन गराउन सहयोग गर्न सहयोग धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफू जनप्रतिनिधिको भावना अनुसार गाउँपालिकाले बनाएका नीति, नियम, योजना र बजेट कार्यान्वन्यन गर्न प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।
जनप्रतिनिधिले गाउँपालिकालाई समृद्ध बनाउने देखेको सपनालाई आफूले साथ र सहयोग गर्नेमा उहाँले जोड दिनुभयो ।