नेकपा फुट्यो नेकपा माओवादी अलग

भक्तपुर । जनयुद्द र जनभावनाको मुद्दा नेकपाले सत्तारुढ दल नेकपाले बोक्न नसकेपछि नेकपा माओवादी पुनगठन भएको घोषणा गरिएको छ । मंगलबार भक्तपुरको रफत संचार क्लवमा पत्रकार सम्मेलन गरी ३१ सदस्यीय केन्द्रिय कमिटी निर्माण भएको घोषण गरिएको हो ।
नेकपा माओवादी पुनगठन भएको घोषण गर्दै नव गठिन नेकपा माओवादीका अध्यक्ष जुनेल जीपीले हाल सत्तारुड दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सवहार जनताको मुद्दा स्थापित गर्न नसकेको र सत्ताकै लागी मात्र लडाई गरेकाले बाध्य भएर आफूहरुले नेकपा माओवादी पुनर गठन गर्न बाध्य भएको बताए ।
उनले देशको निकास र विकासका लागि नेकपाले काम गर्न नसकेकाले आफूहरुले नेकपा माओवादी पुनरगठन गरेको भन्दै उनले भन्नुभयो “प्रचण्ड र बादलसँग पटक पटक बार्ता गर्दा पनि जनयुद्दका घाइते, अपागं, मजदुर किसानको मुद्दालाई बेवास्ता गरेपछि पार्टी पुनगठनको घोषणा गरिएको हो ।”
घोषण साभा कार्याक्रममा नव गठिन नेकपा माओवादीका प्रवत्ता डेनीस सिहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा जनताको मागलाई उपेक्षा गरिएपछि आफूरुले नेकपा माओवादी घोषणा गर्न बाध्य भएको बताए ।
उनले हालको अवस्था सम्म पुग्न १० वर्ष जनयुद्दका नाममा प्रचण्ड लगाएतका नेताले १७ हजारको बलिदानलाई सत्ताका लागि खुडकिलो मात्र बनाएका कारण आफूहरु ती सहिदको भावनालाई मध्यनजर गर्दै नवगठित पार्टी घोषणा गरिएको बताए ।
उक्त नव गठिन नेकपा माओवादीमा साविक नेकपा माओवादी केन्द्र सँग आवद्द भएका ३१ सदस्यीय नेताहरुले पार्टी पुनगठन गरेका हुन् ।
हालै साविक नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएसँगै राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको थियो नवगठिन नेकपा माओवादी घोषणाले सत्तारुढ दल नेकपा र राष्ट्रिय राजनीतिमा हलचल आउने राजनीतिक विश्लेशकहरुको अनुमान रहेको छ ।