कुमार सिङ लोप्चानको श्वद हावा लामाको श्वरमा “बेहोस तासी डोङ रेमा” सार्वजनिक भिडियो सहित

काठमाडौं । मिठो श्वरका धनी हावा लामाको बेहोस तासी डोङ रेमा तिल्दा, एदा डान्बा खाचि झन झन गार्‍हो ताची एला डान्बा खासी बोलका गीत आज एक कार्यक्रम बिच सार्वजनिक भएको छ ।

तामाङ कलाकार संघका उपाध्यक्ष गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतिथ्यतामा भब्य समारोहका विच उक्त गीत सार्वजनिक भएको हो ।

हावा लामाले श्वर दिएको उक्त गीतका रचनाकार भने कुमार सिङ लोप्चान हुन् भने उक्त गीतमा संगीतकार निमा दोङले मिठो संगीत संयोजन गरेका छन् ।

कुसाङ लामा, कल्पना दोङ र कुईसाङ रुम्बाको अभिनय रहेको उक्त भिडियो भने तामाङ चलचित्र अभिनेता अमिर दोङको कोरियोग्राफी,इडिट र निर्देशन मा बनेको हो । यस्तै गीतको एरेञ्जर रमिक्सिङ दिपेन्द्र प्रधानको रहेको छ भने भिडियोको छायांकन रोशन फ्युबा,ड्रोन क्याप्टेन सुरेश घिसिङले गरेका हुन् भने भिडियोको कलर राजु लामाले गरेका थिए।

माया प्रेमलाई दर्शाउने उक्त गीत सार्वजनिक कार्यक्रममा अमिर दोङको सभापतित्वमा भएको भएको थियो भने रोशी गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष धनजित लामा, एभरेष्ट होमका अध्यक्ष तथा चर्चित नायिका रञ्जिता ब्लोन, नायिका सुस्मा मोक्तान,सरोज घिसिङ , आसमान वाईवा, अभिषेक मोक्तान, जगत घिसिङ, लगायतका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।