न्याय माग्न गएका आफै थुनामा, न्याय हराएकै हो त

नुवाकोट । नुवाकोट जिल्लामा न्याय माग्न गएका दुई जना आफै थुनामा परेका छन् ।
लिखु गाउँपालिका अन्तर्गत क्षेत्रपाल क्रसर उद्योग संचालन गर्दै आएका दुई दाजुभाई आफ्नो क्रसरमा भएको आक्रमणको उजुरी दिन जाँदा उनीहरुलाई नै प्रहरीले पक्राउ गरी थुनेको हो ।
असार ३१ गते राती केही अराजक समूहले उनीहरुको क्रसरमा आगजनी गर्नुका साथै कार्यालय तोडफोड गदै क्रसर सँगै पार्क गरी राखेको हाइलक्स गाडी, जेसिवी मेसिन स्काईभेटर र टिफरमा तोडफोड गर्दै आगजनी गरेको थिए ।
हातहतियार सहित आएका समूहले आफ्नो क्रसरमा मध्यरातमा आक्रमण गरेको थियो र सोही कुराको जानकारी गराउन आफू प्रहरी समक्ष पुग्दा आफूलाई नै पक्राउ गरी थुनामा राखिएको उनीहरुको भनाई छ ।
भोजेन्द्र मल्ल ठकुरीको न्यतृत्वमा पुगेको टोलिले क्रसर संचालक शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठलाई मार्न नै खोजेको स्थानीयले बताए । आफ्नो नाम बताउँदा आफूमाथी पनि भोजेन्द्रका समूहले आक्रमण गर्न सक्ने बताउँदै उनले भने मध्य रातमा उनीहरु एक्कासी आएर विताण्ड मच्चाएका हुन् प्रहरी पनि आयो तर मुख दर्शक मात्र भयो उनीहरुले ठूलो क्षती हुने त दिएनन् तर अचम्म लाग्दो कुरा जसको क्षती भएको छ उनीहरुलाई नै पो पक्राउ गरेर थुनेको छ ।
देशमा न्याय हराएको नै आफूले भान गरेको उनी सुनाउँछन् ।
भोजेन्द्र मल्ल ठकुरीको समूहले आक्रमण गरेको हो भन्ने सिसिटिभी फुटेजले पनि प्रमाणित गरेको पिडित बताउँछन् । तैपनि पिडितलाई न्याय दिनुको सट्टा प्रशासनले आफ्नो मान्छेलाई नै थुनामा राख्नु अचम्म भएको उनीहरु सुनाउँछन् ।
क्रसरमा आक्रमण गर्नेहरु फरार छन् तर उनीहरुको उजुरीका भरमा नै श्रेष्ठ दाजुभाई भने थुनिनु अचम्म हो । आक्रमणकारी भोजेन्द्र मल्ल , गोविन्द राई , सन्तोष राई, बासु राई, दिपेन्द्र राई, सागर राई, र अर्का सन्तोष राईले आफूहरुमाथी श्रेष्ठ दाजुभाईले आक्रमण गरेको भन्दै ज्यान मार्ने उद्योगमा क्रसर संचालक शैलेस र सन्तोषलाई थुनाएका छन् । भने आफूहरु भने फरार रहेका छन् ।
कुरा यहाँ आउँछ उनीहरुलाई आक्रमण भएको हो भने किन लुकेका उनीहरु, अर्को कुरा प्रहरी किन यो विषयमा अनुसन्धान गर्दैन किन भगायो यो समूहलाई प्रहरीले ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार श्रेष्ठ दाजुभाई विरुद्द आफूहरुमाथी ज्यान मार्ने गरी आक्रमण भएको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धानका लागि राखिएको हो ।
यो हो भने उनीहरुमाथी उजुरी दिने मान्छे किन आफै फरार छ त ।
यहाँ उठ्छ दालमा केही कालो छ, प्रहरीको मिलेमत्तोमा नै उनीहरुलाई भगाई पिडितलाई थुनामा राखिएको यहाँ खुल्न आउँछ ।
पिडित पक्षका अनुसार आफूहरु मध्य रातको समयमा किन कसैसँग झगडा गर्न जानु आफूलाई मार्न भनी आएकाहरु भगाउँदै प्रहरीले वहादुरी देखाउँदै न्याय मार्न खोजेको उनीहरु आरोप लगाउँछन् ।
श्रेष्ठ दाजुभाई हाल पनि थुनामा नै रहेका छन् ।
के साँच्चै न्याय हराएकै हो त ।