सुनपा ७ द्वारा तीन दिनभित्र विवरण पेश गर्न आग्रह

 

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डू) ले वडाभित्र स्थायीरुपमा बसोबास गरी रोजगारी र अध्ययनका क्रममा विदेश गएका व्यक्तिको विवरण तीन दिनभित्र वडा कार्यालमा जानकारी गराउन आग्रह गरेको छ । नेपाल सरकारले कोरोना भाइरस कारण विदेशमा रही अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने तयारी गरिरहेकाले वडा कार्यालयले वडाभित्र स्थायी बसोबास गरी अध्ययन र रोजगारीका क्रममा विदेश गएका नागरिकको विवरण वडा कार्यालयमा पेश गर्न सोमवार सूचना जारी गरी जनाएको छ ।
को नागरिक कुन मुलुकमा के कामका लागि गएका हुन सोको विवरण अध्यावधि गर्न वडा कार्यालयले आग्रह गरेको हो । सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले तीन दिनभित्र विवरण वडा कार्यालयमा पठाइ आवश्यक सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।