यसर्थ खोल्नुपर्छ लकडाउन

अशोकविक्रम जैरू
नेपाललगायत विश्वका सबैजसो राष्ट्र आज नोबेल कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण आक्रान्त छन् । मानव जीवन बचाउनका लागि सबै राष्ट्र अहिलेको अवस्थामा आर्थिक, सामाजिक र वैचारिकरूपमा द्रुत गतिमा कार्य गरिरहेका छन् ।
अशोकविक्रम जैरू
चीनको वुहान प्रान्तबाट सक्रिय भएको कोरोना भाइरसले यो लेख तयार पार्दासम्म विश्वका ६१ लाख ५४ हजारभन्दा बढी व्यक्तिलाई आक्रमण गरिसकेको छ । ३ लाख७० हजारभन्दा बढी व्यक्तिले त यही कारण ज्यान नै गुमाइसकेका छन् । २७ लाख ३४ हजारभन्दा व्यक्ति कोरोनाको सङ्क्रमणबाट निको भएका छन् । नेपालमा भने १,५६७ जानामा कोरोना सङ्क्रमित देखिएका छन् । २३० जना बिसेक भई घर फर्किसकेका छन्। ८ जनाको मृत्यु भएको छ ।
चीनको वुहान प्रान्तमा डिसेम्बर २०१९ को अन्तमा पहिचान भएको यो कोभिड–१९ लाई बढ्न नदिने एकमात्र उपाय भनेको बन्दाबन्दी अर्थात लकडाउनमा रहनुपर्ने बुझाइ रह्यो । यही बुझाइका आधारमा विगतदेखि आजका दिनसम्म विभिन्न राष्ट्र आआफ्नै योजनाका आधारमा लकडाउनमा आबद्ध भए । हामी नेपाली पनि अढाइमहिनादेखि बन्दाबन्दीको अवस्थामा छौँ ।
विश्व बन्दाबन्दीकाकारण विभिन्न देशमा रहेका नेपाली नेपाली फर्कने क्रम दिनानुदिन बढिरहेको छ । नेपालका सबै प्रदेशमा विदेशबाट फर्किरहेका भए पनि प्रदेश नम्बर २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा उल्लेखनीयरूपमा नेपाली भित्रिरहेका छन् । भारत तथा अन्य देशबाट फर्किआएका नेपालीका लागि प्रदेश तथा स्थानीय सरकारले क्वारेन्टाइनमा राख्ने, निजहरूको कोरोना परीक्षण र सुरक्षा तथा खाद्यान्न जोहो गर्न धौधौ भएको अवस्था लुकेको छैन् । सबैजसो क्वारेन्टाइन स्थानीय स्कुलमा व्यवस्था गरिएको छ । सामान्यतया सुत्ने, २ छाक खाना, शौचालय, सरसफाइ तथा परीक्षणको उचित व्यवस्था डब्लुएचओका अनुसार भएको मान्न सकिने अवस्था भने छैन ।
स्थानीय पालिकाका जनप्रतिनिधिलाई माथि उल्लिखित यीव्यवस्थापन मिलाउन असिनपसिन भएको अवस्था देखिन्छ ।साथै उनीहरूको आफ्नै स्वास्थ्य सुरक्षा पनि कसरी गर्ने भन्ने चिन्ता अर्काेतिर छँदैछ । सामाजिक संस्थाहरूले उपलब्ध गराएका राहत खाद्यान्न तथा अन्य स्वास्थ्य सामग्रीहरूसमेत यथोचित स्थानमा उपलब्ध गराउने र उचितरूपमा कहाँ प्रयोग गर्ने भन्नेबारेमा ज्ञान, सिप र इच्छाशक्तिमा समेत ह्रास आउँदै गएको आभाष हुन थालेको छ । केही पालिकामा जनप्रतिनिधिहरू र कर्मचारीबीचमा समझदारी तथा तालमेल मिल्न नसकेको आनुभूति भएको छ । क्वारेन्टाइनमाआफूहरूले उचित प्रकारले खानपान तथा बस्न\सुत्न नपाएको गुनासो पनि त्यहाँ बस्नेहरूको छँदैछ ।
कोरोना भाइरसको आरोह\अवरोह अथवा करिव ५ महिनाको बन्दाबन्दीले सबैजसो साना÷ठूला राष्ट्रले आफ्ना विकास बजेट कोरोनाबाट मुक्तिका लागि समर्पण गरिरहेका छन् ।यस्तो अवस्थामा आर्थिक सङ्कट बेहोर्नुपरिरहेको र आगामी दिन अझ भयाबह हुने अवस्था हामीसामु आइसकेको छ । अहिले विभिन्न देश यस्तो कार्यबाट आहत भइसकेका खबर पनि आइरहेका छन् ।विकसित देशका विज्ञ र वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू कोरोनाको औषधि अथवा खोपको खोजीमा लागिरहेका भए पनि आशलाग्दो प्रगतिको खबर सुन्न पाइएको छैन ।
विश्वका सङ्क्रमितमध्ये ८८ प्रतिशत कोरोनाबाट निको भएका देखिन्छन् । नेपालमै पनि निको हुनेको प्रतिशत धेरै छ । त्यसैले यसबाट धेरै आत्तिन नपर्ने अवस्था भए पनि सतर्क रहनुपर्ने आवश्यकता पनि उत्तिकै छ । अर्थात उपचारभन्दा रोगै लाग्न नदिने सूत्र अवलम्बन गर्न जरुरी छ ।
नेपालमा करिव २ महिनाभन्दा बढी बन्दाबन्दीका कारण धेरै उद्योग, व्यापार, सडक तथा हवाई यातायात, कृषि बजार तथा अन्य रोजगारजन्य क्षेत्र प्रभावित भएका छन् । यही कारण यी क्षेत्रमा लाग्नेहरूको आर्थिक अवस्था कमजोर हँुदै गएको छ । हुन तनेपालका तीनै तहका सरकारहरू कोरोनामा केन्द्रित भएका देखिन्छन् तरपनि आवश्यकस्वास्थ्य सामग्री, खाद्य राहत र जोखिम व्यवस्थापन गर्न उनीहरूलाई गाह्रो हँुदै गएको देखिन्छ ।
नेपालको अवस्था हेर्ने हो भने अब सबैले कोरोना भाइरससँग सामना गर्दै जीवन जीउनेखालको परिस्थिति सिर्जना गर्न लाग्नुपर्छ ।यसका लागि कम्तीमा पनि शारीरिक दूरी, मास्क प्रयोग र हात धुने बानी वा ह्यान्ड सेनिटाइजिङ र सुरक्षित रहने परिपाटीलाई आत्मसात गर्नुपर्छ ।यसलाई प्रत्येक व्यक्तिको दिनचर्याबनाउन सकियो भनेमात्र पनि कोरोना भाइरसलाई पराजय गर्न कठिनाइ हुने छैन् । केही दिनपहिले सार्वजनिक डब्लुएचओको भनाइअनुसार कोरोना भाइरस अझै केही वर्षसम्म कायमै रहन सक्छ । अथवा कोरोनाको औषधि र खोपको आधिकारिकरूपमा प्रयोग नहुँदासम्म विश्वमा कोरोनालेसताइरहने सम्भावना जीवितै रहन्छ । यस्तो अवस्थामा हामीले आफूलाई उक्त भाइरससँग जुध्न सक्ने गरी तयार पार्नुको विकल्प छैन ।
यी विभिन्न आधारमा र डब्लुएचओको भनाइअनि हाम्रा भोगाइलाई मध्यनजर गरी अब नेपाल सरकारले पनि देशलाई बन्दाबन्दीको अवस्थाबाट बाहिर ल्याउनुपर्छ । यसका लागि सरकारले व्यक्तिका हरेक जीवनपद्धतिमा नभई नहुने साधनस्रोत सञ्चालन प्रक्रियावा निर्देशिका (प्रोटोकल) हरू बनाउनु उपयुक्तहुन्छ । जस्तै– सडक तथा हवाई यातायात सञ्चालन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरू, कलकारखानाहरू, डिपार्टमेन्टल स्टोरहरू, निर्माण सेवाहरू, स्वास्थ्य प्रतिष्ठान, होटेल लज सञ्चालन, कृषि, मजदूर परिचालन तथा सामाजिक विकास कार्य आदि क्षेत्र सञ्चालन निर्देशिका बनाउन सकिन्छ । देशमा देखिएको अर्थतन्त्रकोबन्दीकरणको अवस्थालाई अब धेरै दिन खुम्च्याउँदा देशले धान्न सक्दैन । आर्थिक जोखिम बहोर्नुपर्ने भविष्य पनि हामी नजिकै छ । त्यसैले यस पक्षमा विचार गर्न ढिला गर्नु कसैको हितमा पनि हुँदैन ।
शङ्कास्पदव्यक्तिलाई कोरोना परीक्षण गर्ने, सङ्क्रमितको उपचार गर्ने, सामान्य व्यक्तिलाई सङ्क्रमित हुनबाट बचाउन कोरोना निर्मलीकरण (स्यानिटाइजिङ)गर्ने प्रक्रियावृद्धि गर्नुपर्छ । हुन त अहिले पनि यी काम धेरथोर मात्रामा भइरहेका छन् तर यो पर्याप्त छैन । त्यसैले यसलाई बढावा दिँदै सर्वसाधारणको दैनिकीलाई सामान्यतर्फ रूपान्तरण गर्नु आवश्यक छ । जसका लागि सबैभन्दा पहिले बन्दाबन्दी खोल्नुपर्छ ।
म यहाँ उदाहरणका लागि केही प्रक्रिया राख्न चाहन्छु । जस्तो–सडक यातायात सञ्चालन व्यवस्थापन प्रक्रिया गर्दा यदि कुनै बस महेन्द्रनगरबाट काठमाडौँ जानुपर्ने भएमाः
–  बसलाईयात्री चढ्नुपूर्व कोरोना निर्मलीकरण प्रक्रिया (स्यानिटाइजिङ) द्वारा निर्मलीकरण गर्नेर प्रत्येक यात्रीको समेत निर्मलीकरणगर्ने । चालक तथा सहचालकहरूले पिपिइको प्रयोग सहीरूपमा गर्ने । बसमा सिटभन्दा बढी यात्री राख्न नपाइने ।भरसक महेन्द्रनगरदेखि काठमाडौँसम्म जाने यात्री मात्र राखेर यात्रा गर्न पाउने व्यवस्था गर्ने । सबै यात्रीहरूलाई ह्यान्ड स्यानिटाइजरको व्यवस्था मिलाउने । बीच बाटोमा कुनै पनि यात्री चढाउन नपाइने व्यवस्था गर्ने ।
महेन्द्रनगर बसपार्कमा स्यानिटाइजिङ गरिएको बसलाई कोहलपुर, बुटवल, नारायणघाट, मलेखु र नागढुङ्गामा पनि यात्रीसहित स्यानिटाइजिङको व्यवस्था मिलाउने ।
यस्तै प्रकारले अन्य जनजीवनसँग सरोकार राख्ने सबै स्रोतसाधन तथा क्षेत्र सञ्चालन प्रक्रिया लागु गरी कोरोना सँगै जीवन पद्धति अगाडि बढाउन सकिन्छ ।
कोरोना भाइरसको अवस्था लामै समयसम्म जान सक्ने हुन्छ भन्ने बुझाइका आधारमा सबैले यो अवस्थालाई सहजताका रूपमा लिन आवश्यक छ । त्यसैले‘बाँच र बचाऊ’भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जानु बुद्धिमानी हुनेछ ।यही कारण पनि देशलाई बन्दाबन्दीको अवस्थाबाट खुकुलोपनमालैजान सुरु गर्नुको विकल्प देखिन्न ।चीन, भारत, पाकिस्तानलगायत युरोपका कतिपय देशले कोरोनासँगै जीवन पद्धति अगाडि बढाउन थालिसकेका यही बुझाइका कारण हो, शायद ।
यसैले अब नेपालले पनि बन्दाबन्दीको अवस्थाबाट आफूलाई बाहिर ल्याइ नागरिकलाई कोरोनासँगलुकेर हैन, बचेर सामना गर्न उत्प्रेरित गर्नुपर्छ ।जसले गर्दा हाम्रो दैनिकी ध्वस्त हुनबाट बच्नेछ भने आर्थिक गतिविधिले पनि तङ्ग्रिने अवसर पाउनेछ । त्यसो भएमात्र हामी बाँच्नेछौँ र जीवनचर्या चलायमान हुनेछ ।
(कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, कञ्चनपुर)
Email: ashokjairu@hotmail.com