पन्द्र बर्ष पछि फिल्फिल जामा भन्दै विरे तामाङको साँगितिक दुनियाँमा कमब्याक

भक्तपुर । लामो समय सम्म साँगितिक दुनियाँभन्दा बाहिर रहेका विरे तामाङ फिल्फिल जामा भन्दै पुन साँगितिक दुनियाँमा फर्कनुभएको छ ।
तामाङ साँगीतिक इतिहाँसमा हजार भन्दा बढि गीतका सर्जक कुमार स्याङ्वाको रचना फिल्फिल जामा बोलको तामाङ दोहोरी गीत गाउँदै उहाँ पुन साँगितिक दुनियाँमा फर्कनुभएको हो । उहाँलाई यस गीतमा जितु लोप्चानले साथ दिनुभएको छ ।
निकै नै रोमान्टिक उक्त गीतमा संगित भने चर्चित गायक एवं संगितकार विशाल काल्तानले दिनुभएको छ ।
माया प्रेममा आधारित उक्त गीतको भिडियोमा हामी चर्चित नायक नायक कुमार मोक्तानका साथमा निराञ्जली लामालाई देख्न सक्छौं भने उक्त गीतको निर्देशन भने निर्देशक प्रतिक ङ्यासुरले गर्नुभएको हो ।
भक्तपुरको पाण्डुबजारमा पत्रकार सम्मेलन मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो ।
भिडियो सार्वजनिक वरिष्ठ संगीतकार तथा गायक तामाङ सेलो सम्राटबाट चिनिनुहुने चन्द्र कुमार दोङले गर्नुभएको हो भने उहाँलाई नेपाल तामाङ कलाकार संघकम अध्यक्ष सञ्जीव वाईवा,नेपाल तामाङ कलाकार संघका महासचिव विशाल काल्तान, चर्चित गायिका जितु लोप्चान, जम्बुलिङ तामाङ समाजका अध्यक्ष बिशाल योञ्जन ,तामाङ युवा घेदुङका उपाध्यक्ष संगम लामा राष्ट्रिय तामाङ घेदुङका सञ्चार प्रमुख कर्मा लामा, रचनाकार कुमार स्याङवा, नायिका रोशनी ब्लोन, गायक जगत घिसिङ, कलाकर्मी असमान वाईवा, मोडल हिरालाल ह्योल्मो, रचनाकार ज्ञानदश तामाङ, गायक विहिन दोङ लगायतका अतिथिहरुले साथ दिनुभएको थियो ।