ताथलीमा बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार महोत्सब हुने

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा बृहत साँस्कृतिक कार्यक्रम सहति ल्होछार महोत्सब हुने भएको छ ।
ताथली जम्बुलिङ तामाङ समाजको आयोजनामा माघ १८ गते विभिन्न कलाकारहरुको प्रस्तुती सहित बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार महोत्सब हुने भएको हो ।
तामाङ जातीको नयाँ बर्ष ल्होछारको अवसरमा विगतका दिन देखि नै विभिन्न साँस्कृतिक कार्यक्रम सहित विभिन्न कार्यक्रम गर्दै आएको समाजले यो बर्ष पनि ताथलीको धमला चोकमा उक्त कार्यक्रम गर्न लागेको हो ।
आफ्नो धर्म संस्कृति परम्परा एवं रिती रिवाजलाई जिवन्त राख्नु पर्छ भन्दै आफूहरुले उक्त महोत्सबको आयोजना गर्न लागेको समाजका अध्यक्ष विशाल योञ्जनले जानकारी दिनुभयो ।
नयाँ बर्ष सोनाम ल्होछार २८५६ औं जीवा मुसा बर्ष यहि माघ ११ गते देखि सुरु हुँदै छ । उक्त मञ्जुश्री सम्वतको अवसरमा भक्तपुर लगाएत विभिन्न स्थानमा बस्ने तामाङहरु साथै अन्य जात जातीका दाजुभाई दिदी बहिनीहरुका विच भाईचार राख्दै आफ्नो धर्म संस्कृति खान पानको विषयमा जानकारी दिन पनि आफूहरुले प्रत्यक बर्ष विभिन्न साँस्कृतिक कार्यक्रम सहित महोत्सब गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

कस्तो संस्था हो त ताथली जम्बुलिङ तामाङ समाज

ताथली जम्बुलिङ तामाङ समाज एक विशुद्द सामाजिक संस्था हो । यसले दिन दुःखमा परेका हरुलाई सहयोग गर्दै आएको । करिव १५० परिवार सदस्य रहेको उक्त समाजमा कसैलाई आपत पर्दा वा समस्या मा पर्दा ५ हजार सम्म सहयोग गर्दै आएको छ ।
समाजले आफ्ना सदस्यहरुलाई सहज होस् भनी सानो तिनो कार्यक्रमहरु गर्दा भोज गर्दा वा घेवा गर्न सहज होस् भनेर एक दिनको ५ सय रुपैंयामा सम्पुर्ण क्याटरिङका सामान समेत उपलब्ध गराउँदै आएको छ ।
विभिन्न तामाङ संघ संस्थाहरुले यहाँ घर भएकाहरुलाई मात्र सदस्य बनाउँदै आएकोमा यस संस्थाले भने यहाँ घर नभएपनि यहाँ नै बस्दै आउनुभएका सम्पूर्णलाई आफ्नो संस्थाको सदस्यता दिदै आएको छ । आफ्नो धर्म संस्कृति परम्परा एवं रिती रिवाजलाई जिवन्त राख्न यस संस्थाले विभिन्न काम गर्दै आएको छ ।